खोटाङको च्यास्मिटारमा पहिरोले सडक पुरेपछि यातायात प्रभावित

न्युजलय २७ साउन २०८२, सोमबार १२:२३ मा प्रकाशित

 खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मिटारमा पहिरोले सडक पुरेपछि यातायात प्रभावित भएका छन् । सोमबार बिहान  पहिरोले सडक पुरेपछि खोटाङ देखि काठमाडौं,धरान– विराटनगर जाने यातायातका साधन बिचबाटोमै अलपत्र परेका छन् ।

पहिरोले दिक्तेल–जयरामघाट सडको च्यास्मिटार सडकखण्ड पुरेका कारण यातायातका साधन सञ्चालनमा अवरोध बताइएको छ । सडक नखुलेका कारण सयौं यातायातका साधन बिचबाटोमा अलपत्र परेका छन् ।

पहिरो पन्साउन दुईवटा जेसीभी प्रयोग गरिएको भएपनि ठूल्ठूला ढुंगा खसेका कारण पहिरो पन्साउन समस्या भएको इलाका प्रहरी कार्यालय हलेसिले जनाएको छ ।