प्रेस चौतारी सुनसरीको अध्यक्षमा विकास चाम्लिङ

न्युजलय १८ माघ २०८१, शुक्रबार ११:३१ मा प्रकाशित

इटहरी । विकास चाम्लिङको अध्यक्षतामा प्रेस चौतारी नेपाल सुनसरीको नयाँ कार्यसमिति गठन भएको छ । विहीबार सम्पन्न प्रेस चौतारी नेपाल सुनसरीको आठौँ अधिवेशनबाट उपाध्यक्षमा विकल पौडेल, महिला उपाध्यक्षमा सीमा बस्नेत र सचिवमा सुदीप पोखरेल निर्वाचित भएका छन् । 


सहसचिवमा लक्ष्मण कटुवाल, सन्जु राई र कोषाध्यक्षमा रोशन दाहाल निर्वाचित भएका छन् । सदस्यहरूमा सचिन राई, जीवन विष्ट, मित्र क्षेत्री, निर्मला पौडेल, विकी श्रेष्ठ, मौसमी कार्की, सनम तामाङ, राजन घिमिरे, आदेश गौतम, रुद्रराज शर्मा जमकट्टेल र रूपक पराजुली सर्वसम्मत भए ।


अधिवेशनले शुभद्रा प्याकुरेल, शशि कोइराला, भोजराज श्रेष्ठ, कृष्ण बहाव (कृष्णप्रसाद भट्टराई), हिमाल दाहाल, प्रेम बास्तोला र केशव भट्टराईलाई केन्द्रीय प्रतिनिधि परिषद् बनाएको छ भने रेवती निरौला, भोला श्रेष्ठ, शैलेन्द्र चौधरी, शिशिर भट्टराई, बाबुराम खड्का, रोमा रिजाल र यशोदा सेने प्रदेश प्रतिनिधि चयन भएका छन् ।


पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको मूल्याङ्कन गर्दै प्रेस चौतारीसम्बद्ध पत्रकारहरुलाई सम्मान गरिएको थियो । सो क्रममा अग्रज पत्रकार कृष्ण विनोद लम्साल, किशोर कुमार कार्की, भीम राई ज्वाला, देवेन्द्र कार्की, लीलाराज भट्टराई, भोजराज श्रेष्ठ, सन्तोष काफ्लेलगायतलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।


कार्यक्रममा प्रेस चौतारी नेपाल सुनसरीले स्थापना गरेको उदयमान पत्रकारिता पुरस्कारबाट विराट टेलिभिजनकी समाचार वाचिका सिर्जना ठाकुर, चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलद्वारा स्थापित कौशीला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट धरान कृती टेलिभिजनका वसन्त बान्तवा, अमर फाउन्डेसनद्वारा स्थापना गरिएको अमर स्मृति पत्रकारिता पुरस्कारबाट मोरङका विक्रम लुइँटेललाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।


प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा नेकपा एमाले जनसंगठन समन्वयन संयन्त्रका संयोजक भानुभक्त ढकाल, कोशी प्रदेश इन्चार्ज तथा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई र कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी लगायतले बोलेका थिए । वक्ताहरूले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधान हुनुपर्ने विषयहरू, नेकपा एमालेको नीति र आगामी निर्वाचनका विषयमा चर्चा गरेका थिए ।