सुन्दरहरैंचामा एक युवक मृत फेला

न्युजलय १६ जेठ २०८२, बिहिबार ०८:४९ मा प्रकाशित

इटहरी । मोरङको सुन्दरहरैंचामा डुबेको अवस्थामा एक युवक मृत भेटिएका छन् ।

सुन्दरहरैँचा नगरपालिका–७ खोरियामा रहेको पैनीको पानीमा डुबेको अवस्थामा ३० वर्षीय पूर्णकाजी विक मृत फेला परेका हुन् ।

बुधवार स्थानीयले पानीमा डुबिरहेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । सो क्रममा विकको शव रहेको खुलेको थियो ।

के कारण मृत्यु भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।