सुन्दरहरैँचामा बालिका बलात्कार आरोपमा एकजना पक्राउ

न्युजलय २९ जेठ २०८२, बुधबार ०४:१८ मा प्रकाशित

विराटनगर । मोरङमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ बस्ने ५७ वर्षीय अशोककुमार धामी थारू रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

अशोकले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।