विराटनगर । विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
बुधबार दिउँसोविराटनगर महानगरपालिका–४ पीपल चोकमा दुर्घटना भएको हो । दुर्घटनामा विराटनगर–५ का ९२ वर्षीय दिलबहादुर खत्रीको मृत्यु भएको हो।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ४७०५ नम्बरको बसले सडक पार गर्दै गरेका खत्रीलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल विराट नर्सिङ होम पुर्याइएको थियो ।
अस्पताल पुर्याइएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
दुर्घटनापछि बस र चालक पाँचथरको रानीगाउँका ४४ वर्षीय टेकबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।