मोरङ कारागारमा बराहक्षेत्रकी महिला कैदी मृत फेला

न्युजलय ११ भदौ २०८२, बुधबार १२:१० मा प्रकाशित

विराटनगर । जिल्ला कारागार मोरङमा एक महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

सुनसरी बराहक्षेत्र–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान ४:३० बजे कारागारभित्रको शौचालयमा सलको पासो लगाएर मृत भेटिएकी जेलर गौरव ढुंगेलले जानकारी दिए। शौचालयको ढोका भित्रैबाट चुक्कुल लगाइएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे अनुसन्धान गर्न डीएसपी कोपिला चुँडाल नेतृत्वको टोली खटिएको छ। प्रहरीका अनुसार भट्टराई लामो समयदेखि ‘डिप्रेसन’को समस्याबाट पीडित थिइन्।

भट्टराईलाई २०८० माघमा आफ्ना दुई सन्तानसहित नहरमा हामफालेको घटनापछि पक्राउ गरिएको थियो। उक्त घटनामा उनको करिब ६ वर्षीया छोरीको मृत्यु भएको थियो। पछि कर्तव्यज्यान मुद्दामा दोषी ठहर गर्दै सुनसरी जिल्ला अदालतले उनलाई २५ वर्षको जन्मकैद सजाय सुनाएको थियो।