ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केवलकार परियोजना निर्माण कार्य आजदेखि सुरु भएको छ ।
हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केवलकार निर्माणको कार्य आजदेखि सुरु भएको जानकारी दिएका छन् ।
केवलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केवलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा बन्ने बताउँदै केवलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने बताए ।
पौडेलले अबको १५ महिनाभित्र केवलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने बताए ।