उदयपुर । उदयपुरको चौदण्डीगढी–५ स्थित त्रियुगा नदीको भत्किएको पुलमुनि माछा मार्ने क्रममा बेपत्ता भएका युवकको शव फेला परेको छ ।
चौदण्डीगढी–६ कालीखोला ३० वर्षीय सुरज राईको शव भेटिएको इलाका प्रहरी कार्यालय बेल्टारले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीको टोलीले भत्किएको पुलबाट उनको शव निकालेको छ । शव पोस्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको छ ।
सोमबार सुरजसँग उनका साथीहरू प्रताप राई र सुरेश माझी पनि नुहाउन आएका थिए । तर, सुरज माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।