काठमाडौँ । कोशी प्रदेशमा अराजक गतिविधि बढ्न सक्ने भन्दै संयुक्त सुरक्षा फौजले नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
संयुक्त सुरक्षा फौजले विभिन्न समूह तथा शंकास्पद व्यक्तिहरू घुसपैठ गरी सरकारी भवन, बैंक, प्रहरी बिट, सपिङ मल लगायतका सार्वजनिक सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनी गर्ने कार्यमा संलग्न रहेको जनाइएको छ ।
यस्ता गतिविधि अझै बढ्न सक्ने भन्दै फरार कैदी वा शंकास्पद व्यक्ति देखेमा, राजमार्ग तथा मुख्य सडकमा आगजनी वा अवरोध तथा व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य देखेमा तत्काल प्रहरी वा सुरक्षाकर्मीलाई खबर गर्न अनुरोध गरेको छ ।
सुरक्षा फौजले निषेधाज्ञा तथा कफ्र्यु आदेशको पूर्ण पालना गर्दै आन्दोलनका क्रममा फेला परेका हतियार, गोलीबारुद वा अन्य उपकरण सुरक्षा निकायलाई बुझाउन समेत आग्रह गरेको छ ।
साथै, कोशी प्रदेशका विभिन्न सुरक्षासम्बन्धी निकायका सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छः
• पूर्वी पृतना हे.क्वा., इटहरी व्यारेक, सुनसरी : ०२५–५८४९३३ / ९८५२०८१७०४
• नं. २ वाहिनी अड्डा, हिले व्यारेक, धनकुटा : ०२६–५४०३७९ / ९८६३०२९०८३
• नं. १८ वाहिनी अड्डा, भुल्के व्यारेक, उदयपुर : ०३५–४२०५६६ / ९८६२९९०१८६
• नं. २१ वाहिनी अड्डा, तोपगाछी व्यारेक, झापा : ०२३–४७५२१७ / ९८६३७८००५४