झापा । आन्दोलनरत जेन–जी पुस्ताले झापास्थित एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।
सोमबार सरकारले १९ जना जेन–जी कार्यकर्तालाई गोली प्रहार गरी हत्या गरेपछि आक्रोशित युवाहरूले मंगलबार बिहान कार्यालयमा आगजनी गरेका हुन् ।
देशभरका युवाहरू सरकारविरुद्ध नारा लगाउँदै सडक आन्दोलनमा उत्रिएका छन् ।