रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

न्युजलय ३३ साउन २०८२, आइतबार ०३:२८ मा प्रकाशित

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–८ मा चार जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

शनिबार बिहानको इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको को ३८ प १६३६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार रामधुनी–८ का २१ वर्षीय आनन्द सिंह खवासको उपचारका क्रममा मृत्यु भएको हो । खवासको शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ ।

मोटरसाइकल चालक २२ वर्षीय मुकेश साह, २० वर्षीय दीपनारायण चौधरी र २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन् । उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चार जना सवार भएकाले ट्राफिक नियम उल्लंघन भएको र अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।