कस्तुरी स्कुलको वार्षिकोत्सवमा सम्मान

न्युजलय १७ फाल्गुण २०८१, शनिवार ०३:१२ मा प्रकाशित

इटहरी । इटहरीस्थित कस्तुरी सेकेन्डेरी स्कुलले आफ्नो १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । 


कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुखको आतिथ्यता तथा कस्तुरी सेकेन्डरी स्कुलका अध्यक्ष प्रेमप्रसाद न्यौपानेको अध्यक्षतामा गरिएको कार्यक्रमका क्रममा सम्मान गरिएको हो । 


कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम तथा प्रतिभा प्रदर्शन गरेका थिए । 


कार्यक्रममा सम्मानित हुने सञ्चारकर्मीहरुमा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल, सप्तकोशी टेलिभिजनका विकल रेग्मी, नेपाल टेलिभिजन इटहरीकी सञ्चारकर्मी उशाकिरण घिमिरे छन् । 


यस्तै खेलकुद, शिक्षा, गायन, रङ्गकर्म तथा चलचित्रलगायत विधाहरूमा वासुदेव कर्ण, मिना सुब्बा, केशवकुमार विष्ट, लेखनाथ (चण्डिका) निरौला, अनुरोध थापा, रमेश कुमार विष्ट, सुभद्रा प्याकुरेल, गिता गौतम र सुशिला राई सम्मानित भएका छन् । 


स्कुलले शैक्षिक, खेलकुद तथा अन्य विविध विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृतसमेत गरेका थिए । 


नियमित पढाइसँगै अतिरिक्त क्रियाकलापमा विद्यालयले ध्यान दिएको बताउँदै स्कुलका प्रधानाध्यापक भूपेन्द्र न्यौपानेले विद्यार्थीको चौतर्फी विकासमा स्कुल सधै लागिपरेको जानकारी दिए । स्कुलले पछिल्लो समय नयाँ भवन र नयाँ व्यवस्थापनसँगै अध्यापन गराइरहेको छ । जसमा सुनसरी तथा मोरंगका अविभावकहरुको आकर्षण रहेको छ ।