ताप्लेजुङ । शनिबार साँझ फुङलिङ बजारमा आन्दोलनकारीहरुले घर घरमा बलिरहेको राँको फालेका छन् । घरघरलाई लक्षित गर्दै उनीहरुले बरण्डा र झ्यालभित्र राँको फालेका हुन् । जसको कारण बजार आतंकीत बनेको छ ।
‘नो केवलकार’ अभियानका समर्थकहरूले मसाल जुलुससहित प्रदर्शन गर्दै नाराबाजी गरेपछि सुरक्षाकर्मीले राँको नियन्त्रणमा लिन खोजेका थिए । सोही बेलामा झडप भएको हो ।
झडपका क्रममा केही व्यक्ति घाइते भएका छन् भने प्रहरी सक्रियतामा आगलागी भने हुुन नपाएको स्थानीय प्रशासनले जनाएको छ ।
तत्काललाई स्थिति नियन्त्रणमा लिइएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।