काठमाण्डौ । युरोपेली सुपरमार्केटहरुले गाईको मासुमाथि प्रतिबन्ध लगाएका छन् ।
वन विनाशको कारण देखाउँदै विभिन्न ६ वटा युरोपेली सुपरमार्केटले ब्राजिलबाट आयात हुने गाईको मासुमाथि प्रतिबन्ध लगाएका हुन् ।
गाई तथा गाईको मासुबाट उत्पादन हुने सामग्री खरिद विक्रीमा रोक लगाउँदा अमेजनको रेनफरेस्ट विनाश हुनबाट जोगिने भन्दै सो प्रतिबन्ध लगाउने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।
अमेजन रेनफरेस्ट विनाश हुँदै गएको र सन् २०२१ मा मात्र सो जंगल १५ वर्षयताकै उच्च विनाश भएको तथ्यांकले देखाएको छ ।