संखुवासभामा भरुवा बन्दुकसहित एक जना पक्राउ

न्युजलय १९ भदौ २०८२, बिहिबार १२:४४ मा प्रकाशित

संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका–४ का ४३ वर्षीय रामबहादुर श्रेष्ठलाई एक थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले श्रेष्ठको घर खानतलासी गर्दा ओछ्यानमुनी लुकाइराखेको अवस्थामा लोड गरिएको बन्दुक बरामद गरेको हो।

अवैध हतियारसहित पक्राउ परेका श्रेष्ठलाई आवश्यक कारबाहीका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।