झापा । मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा घाइते भएका छजना कामदारमध्ये तीन जनाको ज्यान गएको छ ।
घाइते मध्ये बाराको सिमरा उमनपा १२ का वर्ष २२ का रूपलाल चौधरी, सोही ठाउँका वर्ष २७ का राजन चौधरी र वर्ष २२ का राकेश चौधरीको मृत्यु भएको हो।
पाँचथरबाट टिचिङ अस्पताल बिराटनगर ल्याइएका उनीहरुको मृत्यु भएको हो ।
शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो।
करिब ७० मिटर लामो मोडुलार पुल भाँचिदा निर्माणमा खटिएका छ जना कामदार घाइते भएका थिए ।
बाँकी तीन जना घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ ।