चीनमा उच्च हिमपात, जनजीवन कष्टकर

न्युजलय २५ कार्तिक २०७८, बिहिबार १२:३४ मा प्रकाशित

काठमाण्डौ ।  उत्तरपूर्वी चीनमा उच्च हिमपात भएको छ। उत्तरपूर्वी चीनको लियाओनिङ प्रान्तमा ११६ वर्षको रेकर्ड तोड्ने गरी उच्च हिमपात भएको हो। 

सन् १९०५ पछि पहिलोपटक सो क्षेत्रमा उच्च हिमपात भएको स्थानीय मिडिया सिह्न्वाले बताएको छ। गत आइतबारदेखि हिमपात सुरु भएको थियो। 

भारी हिमपातपछि रेल, हवाई र अन्य सवारी साधन बन्द भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

यसवर्ष हिउँद सुरु हुनुअगावै एक्कासी भारी हिमपात भएको त्यहाँका मौसमविद्ले बताएका छन्। भारी हिमपातपछि चिसो हावा चल्ने भन्दै मंगोलिया र उत्तरपुर्वी चीनका करिब २७ क्षेत्रलाई रातो सुचीमा राखिएको छ। 

हिमपातका कारण जनजीवन कष्टकर बनेको भन्दै स्थानीय सरकारले सबैलाई न्यानो भएर बस्न र खाद्यान्न सञ्चित गर्न सुचना जारी गरेको छ।