इटहरी । धरानमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
बुधबार राती इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले लागुऔषध ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ ।
त्यस क्रममा २ सय २५ किलोग्राम गाँजासहित १ जनालाई नियन्त्रणमासमेत लिएको छ । टोलीले धरान उपमहानगरपालिका–२० चिमफुले खोलामा गोली चलाएको हो ।
विशेष सूचनाको आधारमा टोलीले गाँजा बोकेर पैदल नै आउँदै गरेका व्यक्तिमा छानविन गरेका थिए । प्रहरीले रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू फरार भएको सुनसरी प्रहरीले जनाएको छ ।