कुटपिटबाट झापामा एक जनाको मृत्यु

न्युजलय २० माघ २०८१, आइतबार ०६:५९ मा प्रकाशित

झापा । झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। कमल गाँउपालिका–७ का ४५ वर्षीय देबलाल चौधरीको कुटपिटबाट मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ।

गत माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुन्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेका थिए। घाइते चौधरीको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको थियो। 

घटनामा संलग्न बास्तोलालाई घटना भएलगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।