इटहरी । बराहक्षेत्र नगरपालिका–७, का ५० वर्षीय कुमार विष्टको रूखबाट लडेर मृत्यु भएको छ।
उनी बिहीबार कौशिका सामुदायिक वनमा घाँस काट्ने क्रममा कुसुमको रूखबाट खसेका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि बीपी प्रतिष्ठान धरानमा लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको पुष्टि भएको छ। पोस्टमार्टमपछि परिवारले शव बुझेर लगेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।