बोलेरो नहरमा खस्दा ११ जनाको मृत्यु

न्युजलय १९ साउन २०८२, आइतबार १२:४८ मा प्रकाशित

काठमाडौँ । भारतको उत्तरप्रदेश स्थित गोंडामा बोलेरो दुर्घटनामा पर्दा ११ को मृत्यु भएको छ।

बोलेर नियन्त्रण बाहिर पुग्दै सरयू नहरमा खस्दा मानविय क्षति भएको हो। बोलेरोमा अधिकांश एकै परिवारका रहेको जनाइएको छ।

कुल १५ जना सवार रहेको बोलेरो पृथ्वीनाथ मन्दिरमा जल चढाउनका लागि भक्तजन लिएर गइरहेको थियो।

दुर्घटना मोतीगन्ज ठाना क्षेत्रमा भएको थियो। मृतकहरुमा पुरुष महिला र बच्चाहरु पनि रहेको जनाइएको छ।