कचनकवलमा करेन्ट लागेर एकजनाको मृत्यु

न्युजलय १४ साउन २०८२, मङ्गलबार ११:५९ मा प्रकाशित

झापा ।  कचनकवल गाउँपालिका– ७ स्थित सीतागढी टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

सोमबार राती सिँचाइको मोटरमा विद्युतीय तार जोड्ने क्रममा करेन्ट लागेर ५० बर्षीय अरुण राजवंशीको मृत्यु भएको हो ।

राजवंशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।