खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु

न्युजलय ९ चैत २०८१, आइतबार ११:१३ मा प्रकाशित

खोटाङ । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको शनिबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार शनिबार बिहान पानी परेपछि आँगनमा सामान उठाउने क्रममा चट्याङ लाग्दा राईको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।