विराटनगर । पतञ्जली योग विराटनगर महानगर समितिको बृहत भेलाले पुरुष तर्फको अध्यक्षमा माधव अधिकारीलाई सर्वसम्मत निर्विरोध चयन गरेको छ।
विहीबार विराटनगर–३ स्थित परोपकार सामुदायिक भवनमा सम्पन्न भेलाले धन बहादुर बस्नेत (डीबी) लाई महासचिव, चुडामणि घिमिरे (गोपाल) लाई संगठन सचिव, शिवप्रसाद आचार्यलाई कोषाध्यक्ष, चक्रप्रसाद लुइँटेललाई सचिव, आकास अग्रवाललाई मिडिया प्रभारी, तेजराज कोइरालालाई प्रशिक्षण विभाग प्रमुख र रामप्रसाद कोइराला, शिवराज शिवाकोटी, लक्ष्मण सोनी तथा राम नारायण चौधरीलाई सदस्य चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। भेलाले उपाध्यक्ष र केही सदस्य पछि थपेर समितिलाई पूर्णता दिने सहमति जनाएको छ।
ज्येष्ठ योग शिक्षक प्रेमप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति मोरङका अध्यक्ष सुरेशकुमार अग्रवाल, महिला पतञ्जली योग विराटनगर महानगर समिति अध्यक्ष कुमारी तामाङ, महासचिव दीपा बस्नेत, जिल्ला सचिव दामोदर पोखरेल, महानगर महिला सचिव यसोदा मैनाली, कोषाध्यक्ष ज्ञानु न्यौपानेलगायतले वर्तमान परिस्थितिले बृहत भेलाको आवश्यकता रहेको धारणा व्यक्त गरे।
नव–निर्वाचित अध्यक्ष माधव अधिकारीले समितिलाई पूर्णता दिँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।