उदयपुर । उदयपुरको बेलकामा एक किशोरीको करेन्ट लागेर मृत्यु भएको छ ।
बेलका नगरपालिका– ५ का सन्जिप कार्कीको १७ वर्षिय छोरी दुर्गा कार्कीको कुखुरा फर्ममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
घर छेउमा रहेको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर छटपटाई रहेको अवस्थामा भेटेका उनलाई तत्काल बेलका नगर अस्पतालमा लगेर उपचारको क्रममा ज्यान गएको हो ।
आवश्यक कानूनी प्रकृया पुरा गरी मृतकको लाश पोष्टमाटमको लागि नगर अस्पताल बेल्टार पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।