इटहरी । सुनसरीको कोसी गाउँपालिका–१ स्थित खुनिया पुल नजिक पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, दुर्घटनामा एक महिला र एक पुरुष मृत्यु भएको छ।
मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन। मृत्यु भएका पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा निधन भएको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रेर सडक छेउमा रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका १० जनाको उपचार भइरहेको छ।
घाइतेहरूमा प्रकाश सरदार र उनकी पत्नी पुनम सरदार, ज्ञानदेवी चौधरी, बानेश्वरी देवी चौधरी, केसीदेवी चौधरी, शान्तिदेवी चौधरी, दिनेशकुमार चौधरी, चन्द्रिका चौधरी, प्रभानन्द चौधरी, र पुरुषोत्तम चौधरी रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।