भोजपुरबाट सुत्केरी र शिशुको उद्धार

न्युजलय २१ असोज २०८२, मङ्गलबार ०२:२४ मा प्रकाशित

भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ बाट सुत्केरी र शिशुको उद्धार गरिएको छ। स्थानीय ३९ वर्षीया निर्मला राई र उनको शिशुको मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो।

दुवै जनालाई उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। समयअगावै शिशुको जन्म भएकाले अक्सिजनसहित थप उपचार आवश्यक भएकाले धरान पठाइएको ओख्रे स्वास्थ्य चौकीले जनाएको छ ।

रामप्रसाद राई–४ ओख्रेस्थित स्वास्थ्य चौकीमा शिशुको जन्म भएको थियो। सडक अवरुद्ध भएकाले तत्काल थप उपचारका लागि पठाउन समस्या भएपछि हवाई उद्धार कार्यक्रमअन्तर्गत सुत्केरी र शिशुको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।