सुनसरीमा खोलाको बगरमा लुकाइएको ११ सय किलोग्राम गाँजा बरामद

न्युजलय २२ जेठ २०८२, बुधबार १२:०९ मा प्रकाशित

इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–५ र ६ को सीमास्थित कटान खोलाको बगर क्षेत्रमा बालुवामुनि लुकाइ राखिएको  ठूलो मात्रामा गाँजा बरामद गरिएको छ ।

प्रहरी चौकी घुस्कीमा प्राप्त गोप्य सूचनाका आधारमा उक्त क्षेत्रको विस्तृत खोजतलास गर्दा बालुवामुनि गाडिएको अवस्थामा प्लास्टिकका ३८ वटा बोरामा प्याक गरिएको लागूऔषध गाँजा बरामद गरिएको हो ।

बरामद गरिएको गाँजाको तौल करिब एक हजार एक सय २० किलोग्राम रहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानपछि उक्त गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको प्रहरीको भनाइ छ ।

घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको जनाइएको छ।