मुख्यमन्त्री आचार्य राजीनामा दिने तयारीमा

न्युजलय १५ कार्तिक २०७८, सोमबार ०१:०० मा प्रकाशित

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिने तयारी गरेका छन्। त्यसअघि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने बताइएको छ। 

आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार(आज) प्रदेशसभा बैठक आह्वान गरिएको छ। आचार्यले प्रदेशसभाको बैठकलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको बताइएको छ । 

विश्वासको मत पाउने सम्भावना नरहेपछि आचार्यले राजीनामा दिन लागेको बताइएको छ । 

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४१ सांसद छन्।

सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ। एमाले सचिव आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।