करेन्ट लागेर एक जनाको मृत्यु

न्युजलय ८ साउन २०८२, बुधबार ०३:१६ मा प्रकाशित

विराटनगर । मोरङको कटहरिमा बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

बिजुलीको पोलमा चढेर तार जडान गर्ने क्रममा करेन्ट लाग्दा भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्कीको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्युरो अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।