इटहरी । सुनसरीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
दसैँको टीकाको दिन सुनसरीको बर्जु गाउँपालिका–६ मा बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो ।
घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चिमडी मेला घुम्न गएको बेला बालिकामाथि बर्जु गाउँपालिका–६ स्थित चन्दा मोहन बाँधमा लगेर जबरजस्ती करणी गरेको आरोपमा बर्जु ६ का २१ वर्षीय बुधनारायण चौधरी, २१ वर्षीय विजय साह र अर्का एक १५ वर्षीय एक बालकलाई पक्राउ गरिएको छ ।
घटना भएको तीन दिनपछि गत शनिबार उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरूले बालिकामाथि जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बालिका हाल उपचाररत छिन् ।
पक्राउ परेका उनीहरूमाथि सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।