अफगानिस्तानमा महिला अभिनीत ‘शो’ र चलचित्र प्रसारण गर्न प्रतिबन्ध

न्युजलय ६ मङ्सिर २०७८, सोमबार ०२:४५ मा प्रकाशित

काठमाडौँ । अफगानिस्तानका टेलिभिजन च्यानललाई महिना अभिनीत कार्यक्रम टेलिभिजनमा प्रसारण गर्न नपाइने भन्दै तालिबानले निर्देशन जारी गरेको छ ।

तालिबानले अफगानिस्तानका टेलिभिजन च्यानललाई विभिन्न धार्मिक निर्देशिका जारी गर्दै महिलाले अभिनय गरेका कार्यक्रम तथा टेलीश्रृंखला प्रसारण नगर्न भनेको हो ।

निर्देशिकालाई बाध्यात्मक आदेश भन्दा पनि ‘धार्मिक निर्देशिका’को रुपमा लिनुपर्ने पनि तालिबानको भनाइ छ ।

तालिबानको सदाचार प्रवर्द्धन तथा दुष्कर्म रोकथाम मन्त्रालयले जारी गरेको निर्देशिकामा ८ वटा नियम छन् । यसमध्ये इस्लामिक वा अफगान मूल्य मान्यता विपरीतका चलचित्र वा शोमाथि प्रतिबन्ध लगाउनुपर्ने नियममा उल्लेख छ ।

त्यस्तै टेलिभिजनमा पुरुषको नग्न शरीर देखाउने समेत अनुचित भएको मन्त्रालयको भनाइ छ ।