कतारले कामदारको मृत्युको तथ्यांक लुकाएको आईएलओको आरोप

न्युजलय ४ मङ्सिर २०७८, शनिवार ०८:३३ मा प्रकाशित

दोहा । कतारले आप्रबासी कामदारको मृत्युको तथ्यांक र यथार्थ लुकाएको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले आरोप लगाएको छ ।


कतारले स्वस्थ देखिने कामदारहरूको अस्पष्ट मृत्यु तथा त्यसको पर्याप्त अनुसन्धान र रिपोर्ट सार्वजनिक नगरेको आईएलओले जनाएको छ ।


सन् २०२० मा सरकारद्वारा सञ्चालित ट्रमा सेन्टर र एम्बुलेन्सहरूमा सङ्कलन गरिएको तथ्यांकले ५० कामदारको मृत्यु भएको र ५०० भन्दाबढी गम्भीर तथा ३७ हजार ६०० हल्कादेखि मध्यम घाइते भएको आईएलओले जनाएको छ ।


‘सबैभन्दा धेरै बांग्लादेश, भारत र नेपालका आप्रवासी कामदारहरू, मुख्यतया निर्माण उद्योगमा पीडित थिए। माथि उचाइबाट खस्नु र सडक दुर्घटनाहरू गम्भीर चोटपटकका मुख्य कारण हुन्, त्यसपछि कार्यस्थलहरूमा वस्तुहरू खस्नु पनि दुर्घटनाका प्रमुख कारण हो’, आईएलओले रिपोर्टमा भनेको छ ।


कामदारको मृत्युको तथ्यांक लुकाइएकोलाई सम्बोधन गरिनु पर्छ, चोटपटकको राम्रो अनुसन्धान गरिनुपर्छ, आईएलओको कतार कार्यालय प्रमुख म्याक्स टुननले भनेका छन् । 


उसले आईएलओका सिफारिसहरूको समीक्षा गरिरहेको बताएको छ । कतारले हालैका वर्षहरूमा धेरै श्रम सुधारहरू पेश गरेको छ, जसमा कामदारहरूलाई गर्मीबाट जोगाउन र न्यूनतम ज्याला बढाउने कडा नियमहरू समावेश गरिएको मन्त्रालयले जनाएको छ ।