मोरङ । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मोटरसाइकलमा विराटनगर–६ का ३५ वर्षीय हरिओम राजवंशी, ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी सवार थिए ।
जसमध्ये चालक हरिओमलाई कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । बाँकी दुई जनालाई विराट नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।