सुनसरीमा बस र माइक्रो दुर्घटना हुँदा तीनजनाको मृत्यु, ४ गम्भीर

न्युजलय २७ साउन २०८२, सोमबार ११:०८ मा प्रकाशित

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित फूल चौकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

सुनसरी प्रहरीका अनुसार मृत्यु हुनेमा ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल, भोक्राहामा दुई जना र जिल्ला अस्पताल इनरुवामा एक महिलाको मृत्यु भएको हो । मृत्यु भएकाको पहिचान खुलेको छैन ।

आज बिहान करिब ८ बजेतिर विराटनगर–राजविराज रुटमा चल्ने प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस र काँकडभिट्टा–दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक–आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।

ठक्करपछि माइक्रोबसमा सवार अधिकांश यात्रु घाइते भएका थिए।

प्रहरीका अनुसार घटनामा चार जना गम्भीर घाइते भएका छन् भने १३ जना घाइते भएका छन् ।