ओखलढुंगामा बलात्कार आरोपमा एक जना पक्राउ

न्युजलय २७ माघ २०८१, आइतबार ०१:२१ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगामा बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ओखलढुंगामा १६ वर्षीया एक किशोरीको बलात्कार आरोपमा सिद्धिचरण नगरपालिका–९ का ३८ वर्षीय राजकुमार भुजेललाई शनिबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको पुस १७ गते राति राजकुमारले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।