घोडेटार । पर्यटनमा आधारित विकास परियोजना अन्तरगत पदमार्ग निर्माणको कार्य शुभारम्भ भएको छ ।
बिहीबार हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा हतुवागढी ९ स्थित होम्बुपा भञ्ज्याङमा उक्त पदमार्ग निर्माण कार्यको शिलान्यास गरिएको हो ।
यो सङ्गै हतुवागढी गाउँपालिका खण्डमा पर्ने माइबेनी, ज्यामिरेभन्ज्याङ, हतुवागढी, संखामचुली, दिमालुङ सम्म निर्माणको काम सुरु भएको हो ।
स्विस सरकार, संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा निर्माण हुने कोशी प्रदेश भित्र ४ वटा पदमार्गहरु मध्ये ग्रेटर मुन्धुम पदमार्ग बराहक्षेत्र कोशीटप्पु( बेलका मैनाराजा मैनारानी( हतुवागढी माइबेनी, ज्यामिरेभन्ज्याङ, हतुवागढी, संखामचुली, दिमालुङ( आमचोक थामडाँडा( रामप्रसाद राई कपासेभन्ज्याङ(टेम्केमैंयुङ चखिया हुँदै साल्पा सिलिछो साल्पापोखरी, सिलिचोङ सम्म १६८ किमि निर्माण हुनेछ ।
कोशी प्रदेश पर्यटन वर्ष २०८२ शुभारम्भसँगै उक्त पदमार्ग निर्माण पछि स्थानीयहरुको सामाजिक, सांस्कृतिक अन्तरघुलन सँगै आर्थिक रुपमा पनि नयाँ अवसरहरु प्राप्ति हुने अपेक्षा गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले बताए।
शिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता किराती, वडाध्यक्ष सञ्जल राई, पर्यटनमा आधारित विकास परियोजना प्रतिनिधि हिरु मगर लगायतको उपस्थिति रहेको थियो ।