विराटनगर । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट चार जना बालिका बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन्।
उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गतेका दिन घरबाट निस्किएको बताइएको छ । बेपत्ता बालिकाहरूको खोजी जारी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।