काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनको मिति फेरि सरेको छ । पार्टीका अध्यक्षहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच महाधिवेशन सार्ने सहमती बनेको हो ।
राप्रपाले मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।
यस्तै राप्रपाले विहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ । मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।