काठमाडौं । बलिउडकी चर्चित नायिका प्रीति जिन्टाले ४६ वर्षको उमेरमा जुम्ल्याहा बच्चा जन्माएकी छन् ।
आफ्नो जीवनको यस महत्त्वपूर्ण खुशीलाई नायिका प्रीतिले सामाजिक सञ्जालमा शेयर गरेकी छन् ।
प्रीति जिन्टाले इन्स्टाग्राममा सुखद खबर शेयर गरेकी हुन् । उनले लेखेकी छन्, ‘म र जीन (उनका पति) धेरै खुशी छौं, हाम्रो मनमा धेरै प्रेम भरिएको छ, किनकि हाम्रो घरमा जुम्ल्याहा बच्चाले जन्म लिएका छन् ।’
प्रीतिले आफू सुत्केरी हुँदा सहयोग गर्ने डाक्टर, नर्स लगायतलाई धन्यवाद दिएकी छन् ।