काठमाडौं । काठमाडौं र धरानको भाटभटेनीभित्र जलेर मृत्यु भएका व्यक्तिहरू आफ्नो कर्मचारी नरहेको भाटभटेनी सुपरमार्केटले जनाएको छ । भाटभटेनीका दुई वटा स्टोरमा भएको आगजनीपछिको भग्नावशेषमा १० जनाको कंकाल फेला परेको थियो ।
भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा देशभरका भाटभटेनीमा आक्रमण हुँदा काठमाडौंको चुच्चेपाटीमा ६ जना र धरानमा ४ जनाको मानव कंकाल फेला परेको थियो । छाला खरानी भइसकेको अवस्थामा हड्डीको अवशेषमात्र भेटिएको थियो ।