खोटाङमा प्रथम बाँस सम्मेलन

न्युजलय १६ फाल्गुण २०८१, शुक्रबार ०२:१२ मा प्रकाशित

 इटहरी । खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ। 

दिक्तेलस्थित कभर्डहलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाँसबाट बनेको यलम्बर बाजा बजाएर कार्यक्रम उद्घाटन गरेका थिए।

शनिबारसम्म चल्ने बाँस सम्मेलन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मुख्य आयोजना र वन तथा वातवरण मन्त्रालय कोशी प्रदेश, वन तथा प्रशिक्षण केन्द्र बबरमहल र ग्रिन ब्याम्बो क्रिएसन ललितपुरको आयोजनामा गरिएको बताइएको छ ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ढुङ्ग्रो र भालु बाँससहित चोया बाँस, वन बाँस, करौती बाँस, मालिङ्गो बाँस, सिँगानो बाँस, निगाँलो बाँस, मुक्तियालीलगायत १३ किसिमका बाँस पाइन्छन् ।