ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प

न्युजलय ७ कार्तिक २०७८, आइतबार ०२:०५ मा प्रकाशित

काठमाण्डौ । ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। 

आइतबार(आज) ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।

भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस भए पनि क्षतिको सूचना नआएको समाचारमा उल्लेख छ। भूकम्पपछि केही समयका लागि राजधानीको मेट्रो सेवा रोकिएको थियो।