झापामा तीन जना मृत फेला

न्युजलय २९ जेठ २०८२, बुधबार १०:३८ मा प्रकाशित

झापा । झापामा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।

बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको भने परिचय खुलेको छैन ।

तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।