बिच्छीले टोक्दा ३ जनाको मृत्यु, ४ सय बढी घाइते

न्युजलय २८ कार्तिक २०७८, आइतबार ०४:१९ मा प्रकाशित

काठमाण्डौ । इजिप्टको आश्वानमा बिच्छीको टोकाइबाट ३ जनाको मृत्यु भएको छ । 

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बिच्छिको टोकाइबाट तीनजनाको मृत्यु र ४५० घाइते भएका हुन् । 

घाइतेहरुलाई किटनाशक खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घाइतेहरुको गाउँनजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको बताइएको छ । 

शुक्रबार नायल नदी नजिकै आएको चर्को आँधीका कारण सो क्षेत्रमा बिच्छिको आतंक बढेको छ। चट्याङ, भारी वर्षा र हावाहुरीसहित आएको आँधीका कारण सो क्षेत्रमा बिच्छि र सर्पको आतंक बढेको बताइएको छ । 

विषालु बिच्छीको बासस्थान भएको इजिप्ट बिच्छिका लागि संसारकै खतरनाक क्षेत्र मानिन्छ । कालो बिच्छीको टोकाइबाट मानिसको क्षणभरमै मृत्यु हुने गरेको बताइन्छ।