साम्पाङले ताकेको गृह अर्याललाई, घिसिङ ऊर्जा, खनाल अर्थमन्त्री बन्ने

न्युजलय २९ भदौ २०८२, आइतबार १०:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन मन्त्री थपिने भएका छन् । अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम टुंगो लागेको हो । 


अहिले धेरै मन्त्री राख्ने पक्षमा नभएकोले उनीहरुले पाउने मन्त्रालय थपिन सक्ने सम्भावना छ । उनीहरूको शपथ ग्रहण भने भोलि हुने छ । 


धरानका मेयर हर्क साम्पाङले गृहमन्त्रालय ताकेका थिए । त्यसको लागि दिनभरी प्रधानमन्त्रीलाई भेट्न बाहिर बस्दा पनि भेट नपाएपछि उनी फर्केका थिए । उनले सामाजिक सञ्जालमा भने प्रधानमन्त्री विदेशी इशारामा बनेको भन्दै समर्थक उचालिरहेका छन् ।