सुनसरी । पाथीभरामा निर्माणाधिन केबलकारको पक्षमा बोलेको भन्दै सुनसरीको धरानमा एक जना व्यक्तिमाथि कुटपिट र दुर्व्यवहार भएको छ ।
नो केबलकार समूहका सदस्यहरूले आइतबार धरानमा पदम चेन्जी माबोलाई मोसो दलेर कुटपिट गरेका हुन् । उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका नेता कार्यकर्ताले धरान उपमहानगरपालिका ९ पुतली लाइनमा दुर्व्यवहार गरेका हुन् ।
केबुलकारको पक्षमा सार्वजनिक रुपमा बोलेको र विरोध गर्नेलाई गाली गरेको आरोप उनीमाथि लागेको छ ।
मोसो दलेर कुटपिट गरिपछि माबोले उक्त घटनामा संलग्नलाई कारबाही माग गरेका छन् ।