दिल्लीमा कोरोना संक्रमण ६ महिनायताकै उच्च

न्युजलय ५ पुस २०७८, सोमबार ०१:२३ मा प्रकाशित

काठमाण्डौ ।  भारतको दिल्लीमा कोरोनाको संक्रमण ६ महिनाअघिको अवस्थामा पुगेको छ । 

आइतबार संक्रमितको संख्या एक सयभन्दा बढी पुगेको छ । दिल्लीमा एकैदिन संक्रमित हुनेको संख्या यो ६ महिनायताकै उच्च हो । 

सरकारी तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा राजधानी दिल्लीमा १ सय ७ जना संक्रमितहरू थपिएका हुन् ।

जुन २७ पछि पहिलो पटक संक्रमितको संख्या एक सय नाघेको हो । संक्रमण दर शून्य दशमलव १७ देखिएको छ । पछिल्लो केही महिनायता संक्रमणको दर शून्य दशमलव १० भित्र थियो । 

दिल्लीमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या पनि २२ पुगेको छ ।

दिल्ली सरकारले थप तीन निजी अस्पताललाई पनि ओमिक्रोनको जोखिम मानिएको मुलुकबाट आएका शंकास्पद वा संक्रमित बिरामी राख्नका लागि तोकेको छ ।

भारतभर ओमिक्रोन संक्रमितको संख्या भने १४६ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ४८ जना छन् ।