काठमाडौं । फ्रान्सले आफ्नो देशको राष्ट्रिय झण्डा फेरेको छ । अब झण्डामा नीलो रङको स्थानमा गाढा नीलो रङ देखिने छ । यो रङ फ्रान्सिसी क्रान्तिको प्रतीक हो ।
फ्रान्सले आफ्नो राष्ट्रिय झण्डामा यो परिवर्तन एक वर्षअघि नै गरेको थियो । तर यसमा धेरैले ध्यान दिएका थिएनन् ।
झण्डामा अचानक बदलाब देखेर मानिसहरु अचम्मित छन् । झण्डामा बदलाबलाई लिएर राष्ट्रपति इमानुएल म्याक्रोंको कडा आलोचना भइरहेको छ ।
राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति म्याक्रोंले यो परिवर्तन सन् १९१४ मा भएको दोस्रो विश्वयुद्धका आफ्ना सैनिक र फ्रि फ्रान्स क्रान्तिमा भाग लिने आफ्ना स्वयमसेवकको स्मरणमा गरेको जनाएको छ ।
सन् १९७६ मा तत्कालीन राष्ट्रपति भ्यालेरी गिस्कार्ड डी’स्टाइंगले युरोपेली संघको झण्डासँग सामन्जस्यता मिलाउनका लागि हल्का नीलो रंग प्रयोग गरेका थिए ।