पोखरीमा डुबेर एक जनाको मृत्यु

न्युजलय १२ भदौ २०८२, बिहिबार ०१:४० मा प्रकाशित

विराटनगर । मोरङको मिक्लाजुङमा माछा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । 

मिक्लाजुङ गाउँपालिका–७ शान्ति टोलस्थित बहुउद्देश्यीय कृषि फर्मको माछा पोखरीमा डुबेर सोही ठाउँ काम गर्ने धनकुटा चौबिसे गाउँपालिका–१ धापगाउँ घर भएका २९ वर्षीय मिलन तामाङको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।